नेपालमा व्यवसाय दर्ता (सुरुवात) गर्ने सामान्य माध्यम वा तरिकाहरु

 १. नेपालमा व्यवसाय गर्न कम्पनी खोलि वा कम्पनीको शेयर पूँजी राखी प्राईभेट कम्पनी/पब्लिक कम्पनी/ मुनाफा वितरण नगर्ने कम्पनी दर्ता गरी व्यवसाय  गर्नु परेमा  कम्पनी दर्ता गर्नु पर्दछ ।

२. विदेशमा स्थापित कम्पनीले नेपालमा शाखा/सम्पर्क कार्यालय स्थापना गर्नु परेमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्नु पर्दछ ।

३. प्राइभेट फर्म/साझेदारी फर्म दर्ता गरी व्यवसाय गर्नु परेमा वाणिज्य विभाग वा अन्तर्गतका कार्यालयहरुमा दर्ता हुनु पर्दछ ।

४. घरेलु उद्योग स्थापना गरी व्यवसाय संचालन गर्नु परेमा सम्बन्धित घरेलु कार्यालयमा दर्ता गर्नु पर्दछ ।

५. सहकारी संस्था दर्ता गर्नु परेमा सहकारी विभाग/ प्रदेशको सम्बन्धित कार्यालय/स्थानीय तह बाट दर्ता ईजाजत लिनु पर्दछ ।

६. संस्था दर्ता ऐन अनुसार गैर सरकारी संस्था (NGO) सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नु पर्दछ  र समाज कल्याण परिषद् मा आवद्ध हुनु पर्नेमा नियमानुसार आवद्ध हुनु पर्दछ ।

७. साथै स-साना व्यवसाय/पसल संचालन गर्नु परेमा स्थानीय तहको नियम (नगरपालिका, गाउँपालिका) मा दर्ता हुनु पर्दछ ।

८. औधोगिक व्यवसाय ऐन, नियम अनुसार उद्योग विभागबाट ईजाजत लिनु पर्नेमा उद्योग विभागमा दर्ता/ईजाजत लिनु पर्दछ ।

९. ईजाजत-पत्र / अनुमती-पत्र / लाईसेन्स लिई कारोबार गर्नु परेपर्नेमा व्यवसायको हकमा संचालन गर्नुपर्ने व्यवसाय /कम्पनी/उद्योग /घरेलु उद्योग / प्राइभेट फर्म / साझेदारी फर्महरुले कारोबार सुरु गर्नु पूर्व सम्बन्धित निकायबाट ईजाजत-पत्र / अनुमती-पत्र / लाईसेन्स लिई मात्र व्यवसाय गर्नुपर्ने छ ।

१०. सम्बन्धित स्थानीय तहभित्रको कार्यालय (शाखा/ईकाई/बिक्री केन्द्र/पसल साथै स-साना व्यवसाय संचालन गर्नुपरेमा स्थानीय तहको नियमानुसार कम्पनी/उद्योग/घरेलु उद्योग/व्यवसाय/फर्म सबैले स्थानीय तह (नगरपालिका, गाउँपालिका) मा सम्पर्क गरी दर्ता गर्नु पर्दछ ।

११. दर्ता भएको जुनसुकै व्यवसाय सञ्चालकले आफ्नो कम्पनी/उद्योग/घरेलु उद्योग/फर्म/पसल ले आन्तरिक राजश्व कार्यालयमा करदाताको स्थायी लेखा नम्बर (PAN) / VAT दर्ता गर्नु पर्दछ ।

(नोटः यो सामान्य जानकारीको लागि मात्र राखिएको हो । सम्बन्धित व्यवसायको दर्ता प्रक्रिया, लाग्ने समय, आवश्यक कागजात, शर्त, मापदण्डहरु प्रचलित कानून बमोजिम हुन्छ ।)

Comments

Popular posts from this blog

Working Capital Management Provisions in Nepal

A Guide to Secondary Market Investment and Nepal Stock Exchange Trading

Article Title : Tax Strategies, Audit Insights, Business Growth, Financial Planning in context of Nepalese Small Business Industries