नेपालमा रहेको विशिष्टीकृत लगानी कोष बारे जानकारी

 विशिष्टीकृत लगानी कोष बारे जानकारी

नवीनतम ज्ञान, सीप/क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न र यस्ता नयाँ व्यवसायहरु शुरुवात गर्न स्वदेशी तथा बैदेशिक लगानीका भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटी फण्ड, हेज फण्डमार्फत् अर्थतन्त्रमा लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग पुग्ने गरी लागू भएको “विशिष्टिकृत लगानी कोष नियमावली, २०७५” को व्यवस्था अनुरुप बोर्डले विशिष्टीकृत लगानी कोषको स्थापना तथा संचालन गर्ने

यससँगै विशिष्टीकृत लगानी कोष व्यवस्थापकको कार्य गर्न ८ संस्थाले अनुमतिपत्र प्राप्त गरेका छन् । बोर्डबाट हालसम्म अनुमतिपत्र प्राप्त गरेका विशिष्टीकृत लगानी कोष व्यवस्थापकहरुको विवरण निम्न बमोजिम रहेको छ ।

सि.नं 

कोष व्यवस्थापकको नाम अनुमतिपत्र प्राप्त मिति
ग्लोबल इक्विटी फण्ड लिमिटेड २०७९।०४।२४
अवसर इक्विटी लिमिटेड२०७९।०५।०७
एन आई सी एशिया क्यापिटल लि.२०७९।०५।१९
लक्ष्मी क्यापिटल मार्केट्स लि.२०७९।०५।१९
एनआईविएल एस क्यापिटल लि.२०७९।०५।१९
एनएमबि क्यापिटल लि.२०७९।०५।१९
प्रभु क्यापिटल लि.२०७९।०५।१९
नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लि.२०७९।०५।१९

यस प्रकारको व्यवस्थाबाट विना धितो साना तथा मझौला (SMEs) संस्थाहरुको साख पहुँच (Credit Access) बढ्न गई नेपालको अर्थतन्त्रलाई थप टेवा पुग्ने बोर्डले अपेक्षा गरेको छ ।

Comments

Popular posts from this blog

A Guide to Secondary Market Investment and Nepal Stock Exchange Trading

A Roadmap to Financial Freedom

Article Title : Tax Strategies, Audit Insights, Business Growth, Financial Planning in context of Nepalese Small Business Industries