अनमी, सिएमए, ल्याब असिस्टेन्टलगायतका प्राविधिक विषय खारेज

 

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले यस वर्षदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको चिकित्सा शिक्षातर्फको प्रमाणपत्र तहभन्दा मुनिका प्राविधिक कार्यक्रम खारेज गरेको छ ।

आयोगको साउन ३० गते बसेकाे बैठकले यस वर्षदेखि स्वास्थ्य विषयका प्राविधिक कार्यक्रम खारेज गर्ने निर्णय गरेकाे हाे । आयोगले चकित्सा शिक्षा ऐन, २०७५ को दफा ४२ ले चिकित्सा  शिक्षाअन्तर्गतका प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रम सञ्चालन नगर्ने निर्णय गरेको हाे ।

यो निर्णयसँगै सीटीईभीटीको प्रमाणपत्र तहमुनिका अनमी, सीएमए, ल्याब असिस्टेन्ट, आयुर्वेद, अकुपञ्जर र अकुप्रेसरका कार्यक्रममाका साथसाथै विश्वविद्यालय र प्रतिष्ठान अनि सोअन्तर्गतका शिक्षण संस्थाहरूले सञ्चालन गरेको प्रमाणपत्र तहका कार्यक्रममा पनि भर्ना लिन पाइने छैन ।

Source:https://www.bikashnews.com/2020/08/26/234256.html


Comments

Popular posts from this blog

Working Capital Management Provisions in Nepal

A Guide to Secondary Market Investment and Nepal Stock Exchange Trading

Article Title : Tax Strategies, Audit Insights, Business Growth, Financial Planning in context of Nepalese Small Business Industries